May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

मानुषी लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा यसरि हेर्नुहोस

ipo-results
Biz Sanjal
२०७८ भाद्र ७

मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ भर्नेमध्ये १.५३ प्रतिशतले मात्रै सेयर हात परेका छन्। ९८.४७ प्रतिशत आवेदकको हात खाली भएको छ।

कम्पनीको सेयरमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए। प्रक्रिया पुगेका २३ लाख ५४ हजार ७८४ जना आवेदकमध्ये ३६ हजार ८५९ जनाले मात्रै सेयर हात पारेका हुन्।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरिएको थियो।

तीन जना भाग्यमानी आवेदकले भने थप १/१ कित्ता सेयर पनि हात पारेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ। सेयर आवेदकहरुले नतिजा सीडीएससीको साइट https://iporesult.cdsc.com.np/ मा हेर्न सक्नेछन् ।