May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

मन्दाकिनी हाइड्रोले आईपिओ निष्काशन गर्ने, हेर्नुहोस कहिले र कति

madhya-bhotekhoshi-ipo
बिज संजाल संवाददाता
२०७८ भाद्र २

मन्दाकिनी हाइड्रोले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक को जिम्मा बि.ओ.के.क्यापिटललाई दिएको छ।
नियुक्ति सम्झौतामा हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको रुपमा क्यापिटलले कार्य गर्ने छ।कम्पनीले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख ११ हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार १११ कित्ता शेयर सर्वसाधारणको लागि निस्काशन गर्ने पनि जनाएको छ ।