May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ निस्काशन , हेर्नुहोस कहिलेबाट

jeevan-bikash-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ भाद्र १

बुद्धभूमि नेपाल हाइड्रोपावरले साउन ३२ गते देखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको जानकारी दिएको छ ।जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीले सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको जिम्मा दिएको छ।

आवेदकले छिटोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ र उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २९ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरि लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् ।