May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अपि पावर कम्पनीको लाभांश घोषणा

बिज संजाल संवाददाता
२०७८ भाद्र १

अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १०.५% बोनस वितरण गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिएको छ । बोनस सेयर कर प्रयोजनको लागि ०.५५% नगद लाभांश वितरण गर्ने मा पनि छलफल गरिने जनाएको छ । जकम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:०.३९३६ को अनुपातमा हुन आउने ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

कम्पनीले भदौ २५ गते साधारणसभामा आह्वान गरेको छ । कम्पनीले साधारणसभा परयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।