May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

८३.१० गुणा बढी आवेदन पर्यो मानुषी लघुवित्तको आइपीओमा , हेर्नुहोस कतिले पाउने र कतिको हात खाली हुने

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ श्रावण ३२

मानुषी लघुवित्तको आइपीओमा ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो । यसलाई हेर्दा २३ लाख ६६ हजार जनाको हात खाली हुने छ।

आइपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।जसमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख ६६ हजार १९५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।