May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

तेह्रथुम पावरले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने , हेर्नुहोस कहिलेबाट र कति

बिज संजाल संवाददाता
२०७८ श्रावण ३२

तेह्रथुम पावरले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ। तर कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने जानकारी दिएको छ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयको लागि आईपिओ निष्काशन गरेपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको छ भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको छ। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। कम्पनीले शेयर बिक्रि प्रबन्धकको जिम्मा एनआइबिएल एस क्यापिटल लाइ दिएको छ ।कम्पनीको आनुसार आईपिओमा छिटोमा भदौ १३ गतेसम्म आबेदन दिन सकिने छ र त्यस समयसम्म तोकेको जति आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आनुसार आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । यस शेयरमा स्थानीयले छिटोमा साउन १९ गतेसम्म र र त्यस समयसम्म तोकेको जति आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति दिएको थियो ।