May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

बुद्धभूमि नेपाल हाइड्रोपावरले आइपीओ निष्काशन गर्यो ,हेर्नुहोस कहिलेबाट

madhya-bhotekhoshi-ipo
बिज संजाल संवाददाता
२०७८ श्रावण ३२

बुद्धभूमि नेपाल हाइड्रोपावरले आज साउन ३२ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ निस्काशन गरेको छ । कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको जानकारी दिएको छ ।कम्पनीले बिक्री प्रबन्धकको लागि सिभिल क्यापिटल मार्केटलाइ जिम्मा दिएको छ। बिक्री प्रबन्धकको आनुसार यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । उक्त आइपीओमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २९ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरि लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् ।