May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सेयर बजारमा नयाँ रेकर्ड : एकैदिन २१ अर्बभन्दा बढीको कारोबार

nepal-share-market
Biz Sanjal
२०७८ श्रावण ३१

सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २१ अर्ब भन्दा बढी रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो। आज २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ बराबरको सेयर कारोबार भएको छ।

तर, सेयर कारोबार मापक नेप्से परिसूचक भने २४.८८ अंकले घटेर ३१५४.०३ अंकमा पुगेको छ। नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ । आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ खरिद-बिक्री भएको हो।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरुको सेयर कारोबार बढेको छ। खानीखोला हाइड्रोपवार, युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १० प्रतिशतले बढेको छ।