May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

मानुषी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, हेर्नुहोस अहिलेसम्म कति पर्यो आबेदन

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ श्रावण ३१

मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओमा आबेदन दिने आज अन्तिम दिन रहको छ । मानुषीको आइपीओमा हिजो बेलुकासम्म ६५ गुणा बढीको आवेदन परेको छ।कम्पनीले साउन २७ गतेदेखि आईपिओ निस्काशन गरेको थियो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा आहिलेसम्म १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकबाट २ करोड ४० लाख ३४ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ६५.२० गुणा बढी हो ।