May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

मानुषी लघुवित्तको आईपीओ बिक्री खुला

manushi-laghubitta-ipo
Biz Sanjal
२०७८ श्रावण २७

मानुषी लघुवित्तले आज बुधबार साउन २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

लघुवित्तको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी सिंगल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न क्ष्मतामा उच्च जोखिम रहने जनाउछ।

मानुषीले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९३ कित्ता सेयर खुला गर्न लागेको हो । यसमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले मात्र हात पार्नेछन् ।

तसर्थ, मानुषी लघुवित्तको आइपीओमा १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुने देखिन्छ ।