May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

प्रिमियर इन्स्योरेन्सको आजदेखि लिलाममा

बिज संजाल संवाददाता
२०७८ श्रावण १४

प्रिमियर इन्स्योरेन्स ले आज असार १४ गतेदेखि ५ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने जानकारी दिएको छ । कम्पनीले संस्थापक समुहको ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । कम्पनीले बिक्रि प्रबन्धक को लागि एनआईसी एसिया क्यापिटल लाइ जिम्मा दिएको छ र लिलामीको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ५ सय कायम गरेकोले सो भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम ५ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा एनआईसी एसिया क्यापिटलसम्पर्क गरी फाराम पाउन तथा बुझाउन सकिनेछ । साथै, आवेदन दिनको लागि नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।