May 24, 2024, Friday
२०८१ जेष्ठ ११
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस आजबाट निष्कासन भएको सामलिङ्ग पावरको आईपीओ आवेदन कहिले सम्म दिन मिल्ने र कति कित्ता सम्म दिनु ऊचित ?

बिज संजाल संवाददाता
२०७८ श्रावण १४

मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबार साउन १४ गते देखि आइपीओ निस्काशन गरेको छ । कम्पनीले बिक्री प्रबन्धकको लागि सिद्धार्थ क्यापिटल लाई जिम्मा दिएको छ। कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री निस्काशन गरेको हो । यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ।
जसको प्रतिकित्ता १०० रुपैयाँको दरमा आवेदन दिन सकिनेछ । यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय लाइ आधार मान्दा ३०लाख भन्दा बढीले D-MAT खाता खोलेको देखिन्छ र १५ लाख भन्दा बढीले आइपीओमा आवेदन दिएको देखिन्छ। यसलाई मध्यनजर गर्दा न्युनतम १० कित्ताको दरले जम्मा ६८ हजार ४ सय जनालाई मात्र आइपीओ पर्ने देखिन्छ । त्यसैले न्युनतम १० कित्ता को लागि आवेदन दिनु उचित देखिन्छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक https://www.facebook.com/bizsanjal पेज मा फलो गर्नुहोला