May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

नेपालमा देखियो कोरोनाको नयाँ भेरियन्ट

corona-virus-case-in-nepal
बिज संजाल संवाददाता
२०७८ श्रावण १३

नेपालमा कोरोनाको नयाँ भेरियन्टको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालमा K41HN mutation नामको नयाँ भेरियन्टको पुष्टि भएको जनाएको हो। यसलाई A.Y1 पनि भनिने मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले ४७ वटा नमुना छनौट गरेर भारतको नयाँ दिल्लीमा पठाईएको थियो । जस मध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टि भएको र थप ३ वटामा थप उत्परिवर्तित रुप A.Y1 देखिएको मन्त्रालयले जनाएको हो ।
यस संगै नेपालमा अल्फा, डेल्टा , कप्पा भेरियन्ट देखिएको छ । यी बढि संक्रामक र सबै उमेर समुहलाई असर गर्ने भएकोले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।