May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

साउन २० गतेदेखि सानिमा लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने

jeevan-bikash-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ श्रावण १३

सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लै दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको पनि जनाएको छ र बाकि रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ । । लगानीकर्ताले साउन साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् उक्त समयमा मागेको जति आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ मा आबेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।