May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

मानुषी लघुवित्तको आइपीओ साउन २७ गतेदेखि निस्काशन हुदै , हेर्नुहोस कति र कहिले

jeevan-bikash-laghubitta-ipo-open
बिज संजाल संवाददाता
२०७८ श्रावण १२

मानुषी लघुवित्तलले साउन २७ गतेदेखि आइपीओ निष्कासन गर्ने जानकारी दिएको छ ।कम्पनीले प्रबन्धकको जिम्मा नेपाल एसबीआई मर्चेन्ट लाई दिएको छ। कम्पनीले जारी पुँजीको ३६% अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ र आइपीओमा साउन २७ देखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा निस्काशन भएको आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने पनि जनाएको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला