May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियाे

lockdown-kathmandu
Biz Sanjal
२०७८ श्रावण १०

काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

तर, पछिल्लो समयता निषेधाज्ञा खुकुलो पार्दै लगेको छ। निषेधाज्ञा केही सहज बनाए पनि सभा, सम्मेलन, सिनेमा हल डान्सबार दोहोरी नाचघर क्लब स्वीमिङ पुल मनोरञ्जन स्थल संग्रहालय रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम गर्न गराउने पाइने छैन।

यस्तै खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न जुलुस जात्रा महोत्सव भोजभतेर आदि गर्न पाइने छैन।विभिन्न निकायबाट सञ्चालन हुने परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउनेछन् ।