May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आज बाट लामो दूरीका सवारी साधन सञ्चालनमा

long route public vehicle
Biz Sanjal
२०७८ श्रावण ९

आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ। सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखिएको छैन ।

जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको हो। शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाएको हो।

साउन ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट हुने परीक्षार्थी तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ’, सूचनामा भनिएको छ ।

यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको थियो ।सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् । आज पहिलो दिन भएकोले र धेरै उपत्यका बाहिर भएकोले पनि यात्रा कम देखिएको यातायात व्यवसायी बताउँछन् ।