May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अब तत्कालै कुन कुन आईपीओ आउदैछन् ,हेर्नुहोस नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाइसकेका कम्पनीहरु

ipo-CEDB hydro
बिज संजाल संवाददाता
२०७८ श्रावण ८

लामो समयको लकडाउन पछि रोकिएको आईपीओ हरु आउने क्रम जारी रहिरकेको छ। केहि आईपीओहरु आइसके भने केहि तत्कालै आउने क्रममा रहेका छन र केहि कम्पनी हरुले निस्कासन को लागि प्रक्रिया गरिरहेका छन्। आहिलेसमको प्रक्रिया लाई आधार मान्दा आर्थिक वर्ष २०७८/७९ मा 2० कम्पनीको आईपीओ निस्काशन हुने छ। १५ वटा कम्पनी आईपीओ अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिसकेका छन् भने ५ कम्पनी ले धितोपत्र बोर्ड बाट अनुमति पाइसकेका छन्।

हेर्नुहोस नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाइसकेका कम्पनीहरु

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै निस्काशन हुदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ चाडै निस्काशन हुदैछ ।

१) मैलुङ खोला जलविद्युत कम्पनी
मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति पाएको थियो।शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकको जिम्मा सिद्धार्थ क्यप्तिअल रहेको छ ।
कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन र १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणको लागि रहेको जानकारी दिएको छ । । कम्पनी को अनुसार साउन १८ गतेसम्म र सो अवधिसम्म मागेको जति आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।
२) मध्य भोटेकोशी
निषेधाज्ञाका को कारण वैशाख २४ गतेदेखि स्थगित भएको मध्य भोटेकोशीको आइपीओ साउन ५ मंगलबार बाट फेरि खुला भएको थियो । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले अनुसार आयोजना प्रभावित स्थानीयले अब फेरि मंगलबारबाट पुनः यस आइपीओमा आवेदन दिन सक्ने र स्थानीयले यसमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

कम्पनीले सर्वसाधरण को लागि पनि चाडै नै आईपीओ निस्काशन हुने जनाएको छ।
३) सानिमा लाईफ इन्स्योरेन्स
नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स लाई आईपीओ निष्कासनको अनुमति दिएको । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले २०७८ जेठ ९ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थियो ।उक्त आबेदन को आधार मा सानिमा लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लाइ कम्पनीले जिम्मा दीइसकेको छ। ६० लाख कित्ता सेयरमध्ये कर्मचारीहरु को लागि ५ प्रतिशतले हुन आउने ३ लाख र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३ लाख र बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रभु क्यापिटल ले जनाएको छ।

४) मानुषी लघुवित्त वित्तीय संस्था
नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थियो ।उक्त आबेदन को आधार मा मानुषी लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो ।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई कम्पनीले जिम्मा दीइसकेको छ।

५) सामलिङ पावर कम्पनी लिमिटेड
नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको । म्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको हो। पाल धितोपत्र बोर्डले १२ करोड ३० लाख रुपैयाँ बराबरको ३ लाख १२ लाख ३० हजार कित्ता कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला