May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

खुला भयो बिक्रि को लागि मुक्तिनाथ विकास बैंकको ऋणपत्र , हेर्नुहोस् ब्याज कति र कहिलेसम

बिज संजाल संवाददाता
२०७८ श्रावण ७

मुक्तिनाथ विकास बैंक ले आज बिहिबार साउन ७ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र ’ निष्काशन गर्ने जानकारी दिएको छ । जसमा १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४० प्रतिशत ( ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

येस्मा लगानीकर्ताले छिटोमा साउन ११ र सो समयसम्मम र साउन ११ सम्म मागेको जति आबेदन नपरेमा साउन २१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि दिनु पर्ने कम्पनी ले जनाएको छ । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक लाइ जिम्मा दिएको छ ।