May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

साउन १४ गतेदेखि हुने भयो आईपिओ निष्काशन ,हेर्नुहोस कुन कम्पनीको र कति

jeevan-bikash-laghubitta-ipo-open
बिज संजाल संवाददाता
२०७८ श्रावण ६

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति पाएको थियो।शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकको जिम्मा सिद्धार्थ क्यप्तिअल रहेको छ ।
कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन र १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणको लागि रहेको जानकारी दिएको छ । । कम्पनी को अनुसार साउन १८ गतेसम्म र सो अवधिसम्म मागेको जति आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेजhttps://www.facebook.com/bizsanjal मा फलो गर्नुहोला