May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

फेरि खुल्यो मध्य भोटेकोशीको आइपीओ ,हेर्नुहोस कसले – कसले भर्न पाउने

बिज संजाल संवाददाता
२०७८ श्रावण ५

निषेधाज्ञाका को कारण वैशाख २४ गतेदेखि स्थगित भएको मध्य भोटेकोशीको आइपीओ आज साउन ५ मंगलबार बाट फेरि खुला भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले अनुसार आयोजना प्रभावित स्थानीयले अब फेरि मंगलबारबाट पुनः यस आइपीओमा आवेदन दिन सक्ने र स्थानीयले यसमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहनेछ ।
स्थगित हुनुअघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु पर्ने छैन । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ ।

मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ ।यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज https://www.facebook.com/bizsanjal मा फलो गर्नुहोला