May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज आन्तिम दिन

बिज संजाल संवाददाता
२०७८ श्रावण ५

लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज आन्तिम दिन जनाएको छ । बैंकले यस अघि ऋणपत्रमा छिटोमा असार ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो तर सो अवधिसम्म मागेकोजती आवेदन पर्न नसकेकोले आजसम्म आवेदन दिन सकिने बैंक ले जनाएको थियो । बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले २ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा १२ लाख कित्ता निजि र ८ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुने पनि जानकारी गराएको थियो । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनको लागि सिभिल क्यापिटल लाई बिक्रि प्रबन्धक को जीममा दिएको छ ।आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेपनि बैंक ल जनाएको छ ।