May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

एमालेको केन्द्रीय कमिटीको बैठक केहीबेरमा बस्दै, देउवालाई मत दिने सांसदहरुलाई कारबाही गर्ने तयारी

बिज संजाल संवाददाता
२०७८ श्रावण ४

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा केहीबेरमा बस्दैछ।
आजको बैठकमा पार्टीको निर्देशन नमानेर देउवालाई मत दिने सांसदहरुलाई कारबाही गर्ने वा सांसदहरुलाई के गर्ने भन्ने बारे छलफल हुने बुजिएको छ । आइतबार प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिने क्रममा एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने एमालेका १० सांसद संसद बैठकमा अनुपस्थित भएका थिए ।
पार्टीले केन्द्रिय समितिको छलफलमा देउवाको विपक्षमा मतदान गर्न निर्देशन दिएकोथियो तर २२ सांसदले देउवालाई मत दिएर निर्देशन उल्लघन गरेको र १० सांसद अनुपस्थित भएर निर्देशन उल्लघन गरेकोले उनीहरुलाई के गर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ । माधव नेपाल पक्षका र ओली दुवै पक्षका केहि सांसदले पनि देउवालाई मत दिएका थिए ।
पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले हिजो आइतबार नै देउवालाई मतदान गर्ने सांसद लाई कारबाही गर्ने बताएका थिए ।

देउवालाई विश्वासको मत दिने एमाले सांसदमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् । पार्टी एकतालाई जोगाउने भन्दै अनुपस्थित हुने सांसदमा माधव नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट संसद बैठकमा अनुपस्थित भई विश्वासको मत दिने प्रक्रियामा सामेल नभएका हुन् ।