May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

मेराे सेयरकाे EDIS गर्दा आयो नयाँ फिचर ,हेर्नुहोस अब EDIS कसरि गर्ने

बिज संजाल संवाददाता
२०७८ श्रावण ४

सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेकाे छ । नयाँ आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी लगानीकर्तालाई विभाजन गरी सबै
मेराे सेयरमा नयाँ फिचर थपिएसंगै Edis Transfer गर्ने तरिका केहि थपिएको छ सीडीएससीले ‘मेरो सेयर’ मा “My Holding” भन्ने नयाँ फिचर थपेको छ । अल्पकालिन हो वा दीर्घकालिन आफुले बिक्रि सेयर लाई आधार मान्ने गरि My Holdings भन्ने अप्सन थपिएकाे हाे ।
My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My Holdings मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए Short Term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long Term अर्थात LT छनाेट गर्नुपर्छ ।

अब लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन मानिनेछ । पहिला सबैको लागि लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए भने अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला