May 23, 2024, Thursday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

सानिमा लाईफ इन्स्योरेन्सले पनि आईपीओ निष्कासन गर्ने , हेर्नुहोस कति कित्ता र कहिले

बिज संजाल संवाददाता
२०७८ श्रावण २

नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स लाई आईपीओ निष्कासनको अनुमति दिएको । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले २०७८ जेठ ९ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थियो ।उक्त आबेदन को आधार मा सानिमा लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लाइ कम्पनीले जिम्मा दीइसकेको छ। ६० लाख कित्ता सेयरमध्ये कर्मचारीहरु को लागि ५ प्रतिशतले हुन आउने ३ लाख र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३ लाख र बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रभु क्यापिटल ले जनाएको छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला