May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

एमालेले गर्यो सरकारलाई विश्वासको मत नदिने घोसणा

बिज संजाल संवाददाता
२०७८ श्रावण १

नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको एमालेको केन्द्रिय स्थायी कमिटीको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले ऊक्त निर्णय गरेको हो ।
बैठक सार्न माग गर्दै नेता नेपाल समूहका नेताहरु बैठक मा पुगेका थिए र १० बुँदे सहमतिअनुसार अघि बढ्न सुजाब गरेका थिए ।तर ओली पक्षका नेताहरुले बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिए।