May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

साउन ३ गतेदेखि शेयर कारोबारमा नयाँ नियम आउदै ,हेर्नुहोस के होला नियमहरु

बिज संजाल संवाददाता
२०७८ श्रावण १

साउन ३ गते आइतबारदेखि संशोधित धितोपत्र कारोबार संचालन विनियमावलीको ब्यबस्था बमोजिम शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिले साउन ३ देखि लागु हुने गरि धितोपत्र कारोबार संचालन गर्ने निर्णय गरेको हो। यस निर्णय अनुसार अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने भएको छ तर यो निर्णय गर्न भन्दा पहिला ५ प्रतिशतसम्म घट बढ हुन पाउने नियम थियो। ऊक्त नियम लाई हटाएर २ प्रतिशत मात्र घट बढ हुन पाउने बनाएको छ। १० :३० देखि १०:४५ सम्म हुने कारोबार लै प्रि ओपन सेसनको कारोबार भनिन्छ ।