May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

युनियन लाइफको आइपीओ बाडँफाँट, रिजल्ट यसरी हेर्नुहोस्

madhya-bhotekhoshi-ipo
बिज संजाल संवाददाता
२०७८ असार ३१

युनियन लाइफको आईपीओ बाँडफाँड आज बिहिबार निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको छ ।
आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनएको हो । ५ लाख ८० हजार ५०० जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । युनियनको आइपीओमा आवेदन दिएका कुल २१ लाख ८२ हजार ७७५ जनामध्ये २१ लाख १२ हजार ७९९ को आवेदन मात्र योग्य ठहरिएको थियो ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याएको थियो ।


आइपीओ को नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटर मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला