May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

थपियो लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद ,हेर्नुहोस कहिलेसम्म

बिज संजाल संवाददाता
२०७८ असार ३१

लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले यस अघि ऋणपत्रमा छिटोमा असार ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो तर सो अवधिसम्म मागेकोजती आवेदन पर्न नसकेकोले अब साउन ११ गतेसम्म आवेदन दिन सकिने बैंक ले जनाएको छ। बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले २ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा १२ लाख कित्ता निजि र ८ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुने पनि जानकारी गराएको थियो । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनको लागि सिभिल क्यापिटल लाई बिक्रि प्रबन्धक को जीममा दिएको छ ।आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेपनि बैंक ल जनाएको छ ।