May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस टुंगो लाग्यो मनकामना स्मार्ट लघुवित्तको आईपीओ निस्काशन हुनेदिन ,आज प्रि-अलटमेन्ट सम्पन्न

बिज संजाल संवाददाता
२०७८ असार २५

बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले दिएको जानकारी आनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट आज (शुक्रबार) सम्पन्न भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि र ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । अन्तिम दिनसम्मलाइ हेर्दा कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे ।

आईपिओ ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकले नपाउने पक्का भैसकेको छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

प्रि-अलटमेन्ट सम्पन्न भएको ३ दिन भित्र आईपीओ निस्काशन गर्नुपर्ने नियम भएकोले सोमबार सम्म आईपीओ निस्काशन हुने पक्का भैसकेको छ। यसलाई हेर्दा सनिबार बिदा परेको कारणले सोमबार आईपीओ निस्काशन हुने पक्का संम्भावना छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक https://www.facebook.com/bizsanjal पेज मा फलो गर्नुहोला