May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सरकारले चीनबाट किनेको कोरोनाविरूद्धको खोप नेपाल आइपुग्यो

बिज संजाल संवाददाता
२०७८ असार २५

सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आपुगेको छ। बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्‍याएको हो। उक्त खोप भेरोसेल खोप हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।सरकारले ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो।
खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल तालिका छ। सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ।