May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस आजबाट निष्कासन भएको युनियन लाइफको आईपीओ आवेदन कहिले सम्म दिन मिल्ने र कति कित्ता सम्म दिनु ऊचित ?

madhya-bhotekhoshi-ipo
बिज संजाल संवाददाता
२०७८ असार २४

लामो समयको लकडाउन पछि रोकिएको आईपीओ हरु आउने क्रम मा आज बाट युनियन लाइफ ले पनि आईपीओ निष्कासन गरेको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने जानकारी दिएको छ । कम्पनी को आनुसार ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले ले आवेदन दिन सकिने छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदकालागि आवेदनदिन सकिनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ तर त्यस दिनसम्म माग गरिए भन्दा आवेदन कम परेमा भने साउन ७ गते सम्म आवेदन दिन सकिने जनाइएको छ।

पछिल्लो समय लाइ आधार मान्दा ३०लाख भन्दा बढीले D-MAT खाता खोलेको देखिन्छ र १५ लाख भन्दा बढीले आइपीओमा आवेदन दिएको देखिन्छ। यसलाई मध्यनजर गर्दा न्युनतम १० कित्ताको दरले जम्मा 5 लाख ८० हजार ५ सय जनालाई मात्र आइपीओ पर्ने देखिन्छ । त्यसैले न्युनतम १० कित्ता को लागि आवेदन दिनु उचित देखिन्छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक https://www.facebook.com/bizsanjal पेज मा फलो गर्नुहोला