May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड कहिले र कति जनालाइ

jeevan-bikash-laghubitta-ipo-open
बिज संजाल संवाददाता
२०७८ असार २०

जीवन विकास लघुवित्तले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले रु १०० अंकित दरले कुल १९ करोड ७७ लाख ३० हजार रुपैया बराबरको १९ लाख ७७ हजार ३०० कित्ता निष्काशन गरेको हो।कम्पनीले ३० हजार ४२० कित्ता शेयर कर्मचारीको लागि, ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोष र बाकि १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि जारी गरेको थियो।
आहिले धेरै जनामा ऊक्त आईपीओ को बाँडफाँड कहिले हुन्छ भनेर चासो रहेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो र अहिले भेरिफिकेसनकाे काम चलिरहेकाे जनाएको छ ।

कम्पनी को अनुसार ऊक्त आईपीओ अर्को हप्ता सम्म बाँडफाँड हुनेछ।

jeevan-bikash-laghubitta-ipo