May 17, 2024, Friday
२०८१ जेष्ठ ५
Nepal 1:37:26 pm
Trending

जीवन विकास लघुवित्तको आइपीओ सर्वसाधरणको लागि खुल्यो, हेर्नुहोस कति कित्ता को लागि आवेदन दिनु उचित

jeevan-bikash-laghubitta-ipo-open
Biz Sanjal
२०७८ असार ११

जीवन विकास लघुवित्तले आइपीओ आज असर ११ गते शुक्रवार बाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले रु १०० को अंकित दरले १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको छ।

१९ लाख ७७ हजार ३०० कित्तामध्ये ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

पछिल्लो समय लाइ आधार मन्द ३० लख भन्दा बढीले D-MAT खाता खोलेको देखिन्छ र १५ लाख भन्दा बढीले आइपीओमा आवेदन दिएको देखिन्छ। यसलाई मध्यनजर गर्दा न्युनतम १० कित्ताको दरले पनि १ लाख ८० हजरा हाराहारीमा आइपीओ पर्ने देखिन्छ। त्यसैले न्युनतम १० कित्ता को लागि आवेदन दिनु उचित देखिन्छ।