May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

जीवन विकासको आइपीओ आउदै, हेर्नुहोस आउने मिति र कति कित्ता आवेदन दिन मिल्ने

jeevan-bikash-laghubitta-ipo
Biz Sanjal
२०७८ असार ८

जीवन विकास लघुवित्तले यहि असार ११ गते बाट आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले रु १०० अंकित दरले कुल १९ करोड ७७ लाख ३० हजार रुपैया बराबरको १९ लाख ७७ हजार ३०० कित्ता निष्काशन गर्ने तयारी गरेको हो।

कम्पनीले ३० हजरा ४२० कित्ता शेयर कर्मचारीको लागि, ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोष र बाकि १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि जारी गर्ने जनाएको छ।

यस आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सम्मको लागि आवेदन दिन सकिने छ।

उक्त आइपीओमा छिटोमा असार १५ र ढिलोमा असार २५ सम्ममा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।