May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज दिउँसो ४ बजे अध्यादेशमार्फत बजेटसार्वजनिक हुँदै

बिज संजाल संवाददाता
२०७८ जेष्ठ १५

अर्थमन्त्री विष्णुप्रसाद पौडेले आज दिउँसो ४ बजे अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दैछन् । बजेट सार्वजनिक राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरि प्रस्तुत हुनेछ । अध्यादेशपछि अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्ने छन् । प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

विशेषगरी वृद्ध भत्ता वृद्धि तथा अन्य चुनावकेन्द्रित कार्यक्रम पर्ने सम्भावना छ। प्रतिपक्ष दलहरु, पूर्वप्रधानन्यायधीशहरु पूर्वअर्थमन्त्रीहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले भने अध्यादेशमार्फत बजेट नल्याउन आग्रह गरिरहेका छन् ।