May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

नेप्सेमा अहिले कारोबार मा उचाल आउनुमा पर्मुख कारणहरु के हुन् र अबको यात्रा।

share-market
सुशान्त लामिछाने
२०७८ जेष्ठ १५

सामान्यता अहीले मानब जगत् नै कोरोनको कारणले गर्दा खेरि पर्वावित भएका छन् झन् नेपाल मा त सम्पुण बेपार ठप्प छ सम्पूर्ण नागरिकहरु घरमै बसेको अवस्ता छ र यो बिचमा चलेको क्षेत्र भनेकै पुजिबज़र मात्रै भने पनि भयो, अनि सबैभन्दा मजबूत आधार भनेको बजार बढेको वा भनौ भने बजार बुल्लिश ट्रेन्ड मा रहेको अवस्ता पनि हो । यो बेलामा जे मा पैसा हालेपनि पनि लगानी को पर्तिफल राम्रो आएको छ यसै कारणले गर्दा खेरि पनि हुन सक्छ बजारमा निकै धेरै तरलता आएको।

बिगत को बुल र बेयरलाई हेर्ने हो भने हाम्रो बजार एउटा चक्रीय रुपमा चल्ने गरेको छ भन्नाले ४ वर्ष बुल र ३ वर्ष हाराहारी को बेयर, अहेले को अवस्ता भनेको भखर १ वर्ष सकियो बुल सुरु यदि यो हो भने ३ वर्ष हाराहारी बाकी छ भन्न सकिन्छ। तर मेरो बेक्तिगत धारणा भन्नु पर्दा यो ४ वर्ष को बुल र ३ वर्ष को वियर trand यो पालीचाई टुट्छ र नेप्सेले नया मार्ग बनाएर आगाडी बढ्छ किनभने पछिल्लो बुल बजार र यो बुल बजार मा धेरै नै फरक छ।

कस्तो किसिम फर्रक छ भने

  • बिगतका दिनहरु मा शेयर किन्न मान्छे ब्रोकरलाई फोन गरेर भन्नु पर्थियो वा तेही जानु पर्थियो तर अहीले घर बसेर आफैले खरिद बिक्रि गर्न पाएका छन् ।
  • शेयर खरिद-बिर्की गरेको पैसा सजिलै लेन देन गर्न सकिएको छ।
  • बैंकले शेयर धितो कर्जा सस्तो ऋण दरमा उपलब्ध गराएको छ।
  • अहीले सबै भन्दा राम्रो कुरा भनेको धेरै संख्यामा नयाँ लगानीकर्ता हरुले बजारमा प्रवेश गर्नु र झन् भन्ने हो भने युवाहरु को निकै नै ठुलो परवेश भएको छ जुन आफैमा पनी सकारात्मक कुरा हो ।
  • अहिले जुन कारोबार रकम मा उचाल आएको छ त्यो भनेको पछिल्लो बुल मा भन्दा १० गुना धेरै पनि हो।

यो सबै घटना कर्मले गर्दा बजार अझै कति माथि जान्छ त्यो यकिन को साथ भन्न सकिन्दैन तर नेप्से ले नयाँ इतिहास बनाउछ र बनाईराको पनि छ तर अहीले को अवस्था मा लगानीकर्ता ले केहि कुरा मा मनन गरेर चाई लगानी गर्न जरुरि देखिन्छ।

अहिले लगानी गर्न कतिको जोखिम छ र कस्तो कम्पनी मा लगानी गर्नु पर्छ

अब अहीले भन्नी हो भने बजार एस्तो बिन्दुमा प्रवेश गरेको छ कि जाहा fundamental पार्टले काम गर्न छोडीसकेको छ technically पार्ट बाट पनि बजार अनुमान लगाउन गार्यो भएको छ किनभने अहीले बजार मा सुचिकृत कम्पनी भए पुगेको अवस्था छ जस्तो सुकै कम्पनी किन नहोस कहीले केहि दिन नसक्नी कम्पनी ले पनि दिन दिनै नयाँ बिन्दु बनाई राखेको अवस्था छ। हो येस्तो बेला आउनु भनेको नै लगानीकर्ताले बुज्न जरुरि छ कि नेप्से अहीले extreme bullish मा प्रवेश गरिसको छ। एस्तो बेला मा गर्नी भनेको को नै Go with the Flow हो। र जुन कम्पनी मा लगानी गरे पनि हुन्छ तर सबै भन्दा ठुलो कुरा STOP LOSS लगाउन सक्नु पर्यो। आफ्नो RISK REWARD RATIO अत्यन्त राम्ररी मिलाउन सक्नु पर्यो। हो सायद एस्तो मौका शेयर बजार मा लागेका लगनीकर्ताले थोरै मात्र पाउनी गरेका छन्।

बुल्लिश बजारमा केहि Technical Indicator हरु पनि प्रयोग गरेर short term trade गर्न सकिन्छ, जस्तै

  1. Relative strength index (RSI)
  2. Moving Average Convergence Divergence with histogram(MACD)
  3. Exponential Moving Average with ( 5 and 20 days)
  4. Bollinger Bands (BB)
  5. Ichimoku Cloud

(लामिछाने पूँजी बजारका सक्रिय लगानीकर्ता हुन्, यो सामाग्री उनको ब्यक्तिगत विचार हो।)