May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

कारोबार रकममा अर्को रेकर्ड : एकैदिन १३ अर्ब बढीको कारोबार

share-market
Biz Sanjal
२०७८ जेष्ठ १०

गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार नयाँ रेकर्ड राखेको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्जमा १३ अर्ब १७ करोड रुपैयाँ कारोबार सहित हालसम्मकै उच्च कारोबार भएको छ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जाँदा, लगातारको निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानी समेत बजारमा आउँदा र बैंक ब्याजदर समेत घटिरहेका कारण यसले बजारमा दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउन सहयोग पुगेको हो ।

आज कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने यसनाइटेड इदि मर्दीको ९.८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.८७ प्रतिशत र ग्रिन डेभलपमन्ट बैंकको ९.४५ प्रतिशतले बढेको छ।

कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएकाले सेयर खरिदबिक्रीमा धेरैको आकर्षण बढेको अनुमान गर्न सकिन्छ । बुल रनले पनि सहयोग गरेको हो । यस्तै, अनलाइन प्रणालीको विकासले विश्वभर रहेका नेपालीले कारोबार गर्न पाएका छन् ।