May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आईपीओ निष्कासनको तयारी थाल्दै उदयपुर सिमेन्ट

Udayapur-Cement-IPO
Biz Sanjal
२०७८ जेष्ठ ९

आईपीओको निष्कासनको लागि विभिन्न कम्पनीहरु तयारी हुने क्रममा उदयपुर सिमेन्टले पनि प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । वार्षिक साधारण सभा जेठ ३० गते आइतबार, उद्योगको समीक्षाहल, जलजले, उदयपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुने जनाएको छ ।


सभाकाे विशेष प्रस्तावमा ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना रहेकाे छ । कम्पनीले सम्बन्धीत निकायकाे स्वीकृती लिएर उद्याेगकाे नाममा रहेकाे ऋणकाे १ अर्ब ७२ करोड ५० लाख साँवा रकम र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ व्याज रकम गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल सरकारकाे सावाँ तथा व्याज रकम राफसाफ गर्न लागेकाे हाे ।सभाकाे विशेष प्रस्तावमा ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने एजेन्डा रहेकाे छ । कम्पनीले सम्बन्धीत निकायकाे स्वीकृती लिएर उद्याेगकाे नाममा रहेकाे ऋणकाे १ अर्ब ७२ करोड ५० लाख साँवा रकम र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ व्याज रकम गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल नेपाल सरकारकाे सावाँ तथा व्याज रकम राफसाफ गर्न लागेकाे हाे ।