May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गैर सांसद ७ जना मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

supreme-court-nepal
Biz Sanjal
२०७८ जेष्ठ ६

सर्वोच्चले गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सांसद नरहेका ७ जना मन्त्रीको पद खारेज गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गृहमन्त्री थापा ‘ बादल ‘ सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामाको पद खारेज गरेको हो ।

संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत बदर गरेको हो ।