May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको IPO बाडफाड, रिजल्ट यसरि हेर्नुहोस

बिज संजाल संवाददाता
२०७८ बैशाख ३१

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँट गरेको हो । यसमा २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । 

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको आवेदन थियो ।

नतिजा हेर्नको लागि सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट गएर नतिजा हेर्नस