May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु

corona-virus
Biz Sanjal
२०७८ बैशाख २८

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो।

हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना कोरोनाबाट निको भएका छन्।