May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा दुई हप्ता , होटल र पार्टी प्यालेसमा बिहे गर्न पनि रोक

बिज संजाल संवाददाता
२०७८ बैशाख २८

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ।उनका अनुसार त्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ र होटल, पार्टी प्यालेसमा भइरहेका बिहे अब रोक्ने निर्णय भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो।
अब अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो। अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको छ ।
काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ। तसैले आज ठकले निषेधाज्ञा थप गर्ने निर्णय लिएको हो।