May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

२४ घण्टामा देशभरमा ८,८५० जनामा कोरोना संक्रमण पुष्टि, ५२ जना संक्रमितको निधन

Biz Sanjal
२०७८ बैशाख २६

आज २४ घण्टामा ८,८५० मा संक्रमणको पुष्टि भएकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५२ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन हजार १६१ जना, ललितपुरका ५३३ जना र भक्तपुरका ५०४ जना रहेका छन् । यसरी आइतबार उपत्यकामा कुल चार हजार १९८ जनामा संक्रमण पुष्टि भएको हो।