May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आज ५४ जनाकाे मृत्यु सहित ९०७० मा संक्रमणको पुष्टि

बिज संजाल संवाददाता
२०७८ बैशाख २३

आज २४ घण्टामा ९०७० मा संक्रमणको पुष्टि भएकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ३६७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो जसमा नौ हजार सत्तरी जनामा सङ्क्रमण पुष्टि भएकाे जानकारी गराएको हो ।

त्यस्तै नेपालमा थप ५४ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ।