May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सकियो सिईडिवि हाईड्रोको आईपीओ भर्ने दिन ,हेर्नुहोस अन्तिम दिनसम्म कतिले दिए आवेदन र तपाइको पर्ने सम्भावना कति ?

बिज संजाल संवाददाता
२०७८ बैशाख २१

आज अन्तिमदिनसम्म सिईडिवि हाईड्रो पावर डेभलपमेण्टले निष्काशन गरेको आईपीओमा १७ लाख ३६ हजार ७०० जनाले आवेदन दिएका छन् । जम्मा आवेदनकबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर सर्वसाधारणले पाउने विक्री प्रबन्धक सनराइज क्यापिटल बताएको छ ।
कम्पनीले माग गरेभन्दा भण्डै ११ गुणा बढी आवेदन आएकोछ । कम्पनीले गत बैशाख १७ गतेबाट २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो ।कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । त्योअनुसार २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले पाउनेछन् ।
कम्पनीले निष्कासन गर्ने आइपीओलाई केयररेटिङ नेपालले केयर एनपी डबल वि आइएस रेटिङ प्रदान गरेको छ ।यब । विक्री प्रबन्धक स्नराइज क्यापिटल लिमिटेड लाइ जिम्मा दिएको थियो ।