May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

तपाईले भर्नुभयो सिईडिवि हाईड्रोको आईपीओ आवेदन दिने आज अन्तिम , हेर्नुहोस आज कति बजे सम्म आवेदन दिन पाइने ?

बिज संजाल संवाददाता
२०७८ बैशाख २१

सिईडिवि हाईड्रोपावर डेभलपमेण्टले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवश्यक भन्दा बढी नै आवेदन परेपछि तोकेको अवधीमा नै आईपीओ निष्काशन बन्द हुने भएको छ ।
आज (मंगलबार) साँझ ५ बजेसम्म कम्पनीको आईपीओ आवेदन दिन सकिने छ । आवेदेन मिति छिटोमा बैशाख २१ गतेसम्म र यस अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गते सम्म आवेदन दिन सक्ने जनाएको थिओ । तर, कम्पनीको आईपीओमा बढी आवेदन परेपछि आज नै निष्काशन बन्द गर्न लागिएको हो । कम्पनीले गत शुक्रबारदेखि २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । त्योअनुसार २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक स्नराइज क्यापिटल लिमिटेडलाइ जिम्मा दिएको छ ।