May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

एक साता थप हुने भयो काठमाडौं उपत्यकामा निषेधाज्ञा

बिज संजाल संवाददाता
२०७८ बैशाख २०

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ। यसबारे आवश्यक परामर्श छ।एसको निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्।तीन जिल्लामा निषेधाज्ञाको समय २२ गते राति १२ बजेसम्म छ। त्यसको पूर्वसन्ध्यामा बैठक बसी निषेधाज्ञाको समय लम्ब्याउने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।निषेधाज्ञा लाई आजै कडा बनाउने उनले बताउदै आएका छन्। निषेधाज्ञा को निर्णय लिन सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई आधिकार दिएको छ ।