May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

अपि पावरले धितोपत्र बोर्डबाट पायो २९% हकप्रद सेयर बिक्री गर्न अनुमति

बिज संजाल संवाददाता
२०७८ बैशाख २०

अपि पावर कम्पनीलाई २९% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले १ः०.२९ अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटललाइ जिम्मा दिएको छ ।

कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट फेरी हकप्रद निष्कासन गर्न लागेको हो ।