May 23, 2024, Thursday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

सिइडिबी हाइड्रोपावरको आईपीओ खुल्यो , हेर्नुहोस कति कित्ता को लागि आबेदन दिनु उचित

ipo-CEDB hydro
Biz Sanjal
२०७८ बैशाख १७

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बैशाख १७ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको हो। यस आईपीओको बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ।

कम्पनीले ५० हजार कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्चुअल फण्डलाइ छुटाएर बाकि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्बसाधारणको लागि छुट्याएको छ। बाँकि रहने २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आश्वा सदस्य बैंक तथा बित्तिय संस्था र मेरोसेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन।

पछिल्लो समयमा डिम्याट खाता खोल्ने नेपालीहरुको संख्या ३३ लाख भन्दा माथि पुगिसकेको छ । तेसमा पछिल्लो समयको डाटा हेर्दा १६ लाख हाराहारीमा प्राथमिक शेयरको लागि आवेदन दिइरहेका छन ।तसर्थ नेप्से को नियमानुसार कम्तिमा पनि १० कीत्ता को दरले लगानीकर्ताहरु लाई प्राथमिक शेयर गोला प्रथा बाट बाड्नुपर्ने हुन्छ ।यसरि हेर्दा २ लाख ३४ हजरा १९५ जनाले मात्र १० किताको दरले पाउने देखिन्छ तसर्थ यो कम्पनीको शेयरमा केवल 10 कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको छ। आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी कम्पनीबाट निर्माणका लागि अघि सारेका आयोजनाहरुको विकास लगानी हुनेछ।

कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न पनि पूँजी प्रयोग हुनेछ।
कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारेखोला, ५ मेगावाटको रुकुम गढ हाइड्रोपावर तथा १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक आयोजना बनाउने छ। ४.४ मेगावाटको राधी स्मल हाइड्रोपावर र ४ मेगावाटको खुदी हाइड्रोपावर संचालनमा रहेको कम्पनीले जनाएको छ।